सोविता गौतमसँग हारिन् पूर्वसभामुख ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित भएकी छन्।

सभामुख घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले हराएकी हुन्।

निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएकी छन्।

काठमाडौं–२ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो।

प्रकाशित मिति: : 2022-11-23 06:30:00

प्रतिकृया दिनुहोस्