ओखलढुङ्गाको प्रदेश(१) मा कांग्रेसका सुनुवार र (२) मा माओवादीका गौतम निर्वाचित

ओखलढुङ्गाको प्रदेशसभातर्फको नजिता सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ओखलढुङ्गाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

प्रदेश (१) मा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार निर्वाचित भएका छन्। उनी १४ हजार ९१६ मतका साथ विजयी भएका हुन्। सुनुवारसँग नेकपा एमालेका अम्बिरबाबु गुरुङ पराजित भएका छन्। निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेको गुरुङले १४ हजार ५५६ मत ल्याए।

यस्तै प्रदेश (२) मा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम १५ हजार ७३८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६४० मत ल्याएका छन्।

प्रतिनिधिसभामा पनि गठबन्धनका कांग्रेस उम्मेदवार रामहरी खतिवडा अग्रस्थानमा छन्। १९ हजार २८३ मत ल्याएका खतिवडालाई १५ हजार ५८७ मत ल्याएर नेकपा एमालेका यज्ञराज सुनुवारले पछ्याइरहेका छन्।

२०७४ को निर्वाचनमा भने खतिवडालाई सुनुवारले पराजित गरेका थिए।
 

प्रकाशित मिति: : 2022-11-23 09:08:00

प्रतिकृया दिनुहोस्