उदयपुर २(१) मा माओवादीका मगर निर्वाचित

उदयपुर क्षेत्र नम्बर २ को प्रदेश (१) मा नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर निर्वाचित भएका छन्। उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

उनी ८ हजार १०५ मतका साथ विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवराज राईलाई ३५ मतले पराजित गरेका हुन्। राईले ८ हजार ७० मत ल्याएका छन्।

यस्तै क्षेत्र २(२) मा नेपाली कांग्रेसका रामकुमार खत्रीले ६३३१ मत ल्याएका छन्। एमालेका जिवनाथ दाहालले ५१२३ मत ल्याएर पछ्याइरहेका छन्।

प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन्। उनले नेकपा (एस) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन्।

रायमाझीले १५ हजार २ सय ५१ मत र खतिवडाले १२ हजार ८ सय ९३ प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-11-23 11:57:00

प्रतिकृया दिनुहोस्