केपी ओली दोब्बर मतले अघि, पछ्याउँदै गठबन्धनका अधिकारी

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बरबढी मतले अघि लागेका छन्। ८३ हजार ५८१ मत गणना हुँदा ओलीले आफ्नो प्रतिस्पर्धिभन्दा २४ हजार ४३४ मतले अघि छन्।

उनका निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २० हजार ७२८ मत ल्याउँदा ओलीले ४५ हजार १६२ ल्याएका छन्। अघिल्लो निर्वाचनमा पनि ओलीले यही क्षेत्रबाट अधिकारीलाई फराकिलो मतान्तरले हराएका थिए।

यस्तै प्रदेशका दुवै क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता बनाएका छन्। प्रदेश ५(१) मा निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका हिक्मतकुमार कार्कीले अग्रता लिएका छन्। उनले ५७१५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन राईले ५३२५ मत ल्याएका छन्।

प्रदेश (२) तर्फ होमबहादुर थापाले ८८१३ मतका साथ अग्रस्थानमा छन्। माओवादी केन्द्रमा रेवतीराज पुरीले ६३२५ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-23 14:08:00

प्रतिकृया दिनुहोस्