डाेल्पाका मतदान केन्द्रमा खटिएका १३३ जना कर्मचारी बिचबाटाेमा अलपत्र

File Photo
File Photo

कर्णालीकाे माथिल्लो डाेल्पामा मतदान स्थलमा खटिएका कर्मचारीहरु बिचबाटाेमा अलपत्र परेका छन्।

मतपेटिका हेलिकप्टरबाट डाेल्पा सदरमुकाम दुनै तर्फ  लिएपछि कर्मचारी अलपत्र परेकाे मतदान स्थलमा खटिएका एक कर्मचारी  कमल बाेहाेराले बताए।

'मतदानमा खटिएका १३३ जना भन्दा बढी  कर्मचारी  डाेल्पाकाे सालदाङ भन्ने  ठाउँमा रहेका छन्,' उनले भने।

उनका अनुसार सदरमुकाम आउनकाे लागि पाँच हजार मिटरभन्दा अग्ला दुई वटा हिमाल चढ्न पर्ने भएकोले हिउँ बाक्लो परेकाेले आउन सकिरहेका छैनन्।

उनीहरु सबै ११ वटा मतदान केन्द्रकाे लागि खटिका कर्मचारीहरु रहेका छन्। बाेहाेराका अनुसार कर्मचारीलाई आवश्यक पर्ने रासन पानीसमेत नभएको र चिसाेका कारण आधा कर्मचारी बिरामी परेका छन्।

माथिल्लो डाेल्पाका मतपेटिका आज मात्र सदरमुकाम ल्याएर उक्त हेलिकप्टर हुम्ला गएकाे हुनाले हुम्लाको मतपेटिका सदरमुकाम सिमकाेट ल्याइसकेपछि मात्र कर्मचारी ल्याउने तयारी भएका डाेल्पाका प्रमुख जिल्ला अधिकारी बेधनिधी अधिकारीले जानकारी दिए।

उनका अनुसार त्यहाँ रहेका कर्मचारीलाई भाेलि अथवा बिहीबार मात्र उद्दार गर्ने तयारी भएको हुनाले नआत्तिएर एकै ठाउँमा बस्न भनेकाे बताए। हेलिकप्टरकाे विकल्प अरू नभएको  हुनाले उनीहरूलाई ल्याउनकाे लागि केही पर्खनु पर्ने अवस्था आएको जानकारी  दिए।

प्रकाशित मिति: : 2022-11-23 14:58:00

प्रतिकृया दिनुहोस्