जोखबहादुर महरा : प्रचण्डकाे स्वकीय सचिवदेखि प्रदेशसभा सदस्यसम्म

BreaknLinks
BreaknLinks

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जोखबहादुर महरा रोल्पा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेशसभा सदस्यमा विजय भएका छन्।

माओवादी नेता महरा १९ हजार ४२५ मतका साथ विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीले ५ हजार ४ सय ५ पाएका छन्।

बुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी भएका हुन्। यस्तै राप्रपाका पदम बहादुर थापाले २ हजार ६० र राप्रपा नेपालका गन्ज बहादुर शाहीले ६१२ प्राप्त गरेका छन्। जम्मा २९ हजार ८८७ मत खसेको थियो।

को हुन् महरा

वि.सं. २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ५ (साविक गजुल गा.वि.स–२) मा जन्मिएका महराले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए।

राजनीति शास्त्र तथा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका महाराले राजनीतिमा लाग्नु पूर्व र लागेपछि पनि लामो समय प्रा.वि र मा.वि शिक्षकको रुपमा अध्यापन गरेका थिए।

अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अनेरास्ववियु दाङको सचिव बने। त्यो सँगै नेकपा (मशाल) को पार्टी सदस्य लिएका उनी २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०४७ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता बनेका हुन्।

२०५१ सालमा नेकपा (माओवादी) को रोल्पा जिल्ला सेक्रेटरी बनेका उनी २०५४ सालमा क्षेत्रीय व्यूरो सदस्य र २०५६ सालदेखि चार वर्ष पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका थिए। २०६० सालमा माओवादी केन्द्रीय सदस्य बनेका महरा २०६४ मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएर संसद भवन प्रवेश गरेका थिए।

संविधान सभा सदस्य बन्नुअघि २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिव बनेका उनी २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव बनेका थिए। हाल प्रदेशसभा सदस्यमा विजय भएका छन्।

प्रकाशित मिति: : 2022-11-23 15:46:00

प्रतिकृया दिनुहोस्