बागलुङ– १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित 

फाइल तस्बिर
फाइल तस्बिर

बागलुङ प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय जनमोर्चाका केन्दिय अध्यक्ष चित्रबहादुर केसीले  २१ हजार ४ सय ४८ मत ल्याएर बिजयी भएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य पाठकले १८ हजार ९ सय १३ मत ल्याएका छन्। 

दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्य क्षेत्र रहेको बागलुङमा प्रदेश सभा सदस्यमा चार जना नेपाली काग्रेसका उम्मेदवार विजयी भएका थिए। बागलुङको क्षेत्र न २ मा मतगणना जारी छ।
 
 

प्रकाशित मिति: : 2022-11-23 15:46:00

प्रतिकृया दिनुहोस्