उदयपुर–२ (ख) मा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित

फाइल तस्बिर
फाइल तस्बिर

उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश (ख) मा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन्। १२ हजार ६२७ मत ल्याएर उनी निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्दी नेकपा एमालेका जिवनाथ दाहालले ९ हजार २३६ मत ल्याए। 

खत्री २०७४ को निर्वाचनमा यही क्षेत्रका प्रदेशसभा सदस्यमा पराजित भएका थिए। उनलाई नेकपा एमालेकी कला घलेले पराजित गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-11-23 16:13:00

प्रतिकृया दिनुहोस्