अर्घाखाँची प्रदेशसभा ‘क’ मा एमालेका चेतनारायण आचार्य विजयी

बिएल संवाददाता

अर्घाखाँची

अर्घाखाँचीको प्रदेश सभा ‘क’ मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन्।

उनी २० हजार ५ सय ४८ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७सय ७८मत प्राप्त गरेका छन्।

आचार्य २०७४ सालमा पनि यहीँ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा विजयी भएका थिए । लुम्बिनी प्रदेशको कानुन मन्त्री समेत बनेका आचार्य एमालेको केन्द्रीय सदस्य हुन्।

प्रकाशित मिति: : 2022-11-23 18:02:00

प्रतिकृया दिनुहोस्