ओखलढुङ्गामा गठबन्धनको ‘क्लिन स्विप’

ओखलढुङ्गामा प्रतिनिधिसभासहित दुवै प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसका रामहरी खतिवडा विजयी भएका छन्।

खतिवडा ३३ हजार ५५६ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारलाई ६ हजार ८१८ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। सुनुवारले २६७३८ मत ल्याएका छन्।

यस्तै प्रदेश (१) मा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार निर्वाचित भएका छन्। उनी १४ हजार ९१६ मतका साथ विजयी भएका हुन्।

सुनुवारसँग नेकपा एमालेका अम्बिरबाबु गुरुङ पराजित भएका छन्। निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेको गुरुङले १४ हजार ५५६ मत ल्याए।

यस्तै प्रदेश (२) मा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम १५ हजार ७३८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६४० मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-23 18:06:00

प्रतिकृया दिनुहोस्