कञ्चनपुर–३ मा नेपाली कांग्रेसका रमेश लेखक विजयी

कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का निरुदेवी पालले १८ हजार चार सय ४८ मत प्राप्त गरेकी हुन्।

त्यसैगरी तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले दुई हजार २० मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले एक हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका सूचना अधिकारी ताराप्रसाद शर्माले यो क्षेत्रमा ५७ हजार सात सय ५८ मत खसेको बताएका छन्।

उनले कूल खसेको मतमा ५४ हजार ५९ मत सदर र तीन हजार पाँच सय ९९ मत बदर भएको जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-11-23 19:45:00

प्रतिकृया दिनुहोस्