डाेल्पा क क्षेत्रमा एमालेका बुढा गठबन्धनका उम्मेदवार शाही भन्दा दाेब्बर मतले निर्वाचित !

डाेल्पा प्रदेश निर्वाचन क्षेत्र क बाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर बुढा निर्वाचित भएकाछन्। उनी ४ हजार ७ सय ४३ मत ल्याएर निर्वाचित भएकाहुन।

उनका प्रत्यासि तथा गठबन्धनबाट कांग्रेसका उम्मेदवार  दिपेन्द्र बहादुर शाहीले २ हजार ४ सय ६५ मत प्राप्त गरे। उम्मेदवार बुढाले शाही भन्दा  २ हजार २ सय ७८ मत धेरै ल्याएकाछन्।

उम्मेदवार बुढा नेकपा एमालेका जिल्ला अध्यक्ष हुन्। राप्रपाका उम्मेदवार नारायण बुढाले १ सय २४ मत प्राप्त गरेकाछन्। प्रदेश क मा रहेका कुल ९ हजार ५ सय ६७ मतमध्ये ७ हजार ५ सय १८ मत खसेकाे थियाे। १ सय ६२ मत बदर भएको थियाे ।

प्रकाशित मिति: : 2022-11-24 06:54:00

प्रतिकृया दिनुहोस्