सल्यानमा प्रकाश ज्वाला विजयी

File Photo
File Photo

सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी भएका छन्।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी भएकाे मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिएका छन्।

उनका अनुसार ज्वालाले १५ हजार नौ सय ११ मतान्तरमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार सात सय ८९ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रवीर रायले तेस्रो १३ हजार २९ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या भएकामा ८४ हजार ८८ मत खसेको थियो।

प्रकाशित मिति: : 2022-11-24 07:57:00

प्रतिकृया दिनुहोस्