माओवादी अध्यक्ष प्रचण्ड चौथो पटक विजयी

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्।

उनी २६ हजार एक सय तीन मत ल्याएर विजयी बनेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए। एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे।

गोरखा–२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो।

प्रचण्ड चौथो पटक सांसद बनेका हुन्।

०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए।

०७४ मा चितवनबाट निर्वाचित भएका प्रचचण्ड यसपटक गोरखा २ बाट विजयी भएका हुन् ।

प्रकाशित मिति: : 2022-11-24 08:20:00

प्रतिकृया दिनुहोस्