डा. तोसिमा कार्कीले जितिन् ललितपुर–३

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की ललितपुर–३ बाट विजयी भएकी छन्।

एमालेका अमृत खड्का र माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै उनी विजयी भएकी हुन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ३६ मतसहित विजयी भइन्। यो मत उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्काको भन्दा १८ हजार एक सय ६३ मतले बढी हो । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरे। 

सत्तारूढ गठबन्धनकी उम्मेद्वार नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरिन् । 

प्रकाशित मिति: : 2022-11-24 08:32:00

प्रतिकृया दिनुहोस्