सोलुखुम्बु प्रदेश (१) मा माओवादीका शेर्पा र (२) मा एमालेका राजभण्डारी विजयी

सोलुखुम्बुको प्रदेशसभा (१) मा सत्ता गठबन्धनका माओवादी उम्मेदवार गोम्बु शेर्पा विजयी भएका छन्।

नेकपा एमालेका निवर्तमान संसद उत्तम बस्नेतलाई पराजित गर्दै शेर्पा विजयी भएका हुन्।

शेर्पाले १० हजार ३५ ल्याएका छन्। उनका प्रतिद्वन्दी बस्नेतले ८ हजार ३९८ मत ल्याए। सोलुखुम्बुको प्रदेशसभा (२) मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन्।

माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई पराजित गर्दै राजभण्डारी दोस्रो पटक निर्वाचित भएका हुन्। राजभण्डारीले १० हजार १२८ मत ल्याएका छन् भने बस्नेतले ६ हजार ८१५ ल्याएका छन्।

प्रतिनिभिसभाथर्फ नेकपा एमालेका उम्मेदवार मानवीर राईले अग्रता लिएका छन्। उनले १५ हजार ९५६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बलबहादुर केसीले १३ हजार ८८९ पाएका छन्।

प्रकाशित मिति: : 2022-11-24 11:32:00

प्रतिकृया दिनुहोस्