एमालेले सोलुखुम्बुमा जित्यो पहिलोपटक प्रतिनिधिसभा सदस्य, मानवीर राई विजयी

सोलुखुम्बुमा नेकपा एमालेले पहिलो ऐतिहासिक जित निकालेको छ। प्रतिनिधिसभामा मानवीर राईले नेपाली कांग्रेसका बलबहादुर केसीलाई २७७९ को मतान्तरले पराजित गर्दै इतिहास रचेका हुन्।

मानवीर राईले १९ हजार ३२४ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनका प्रतिद्वन्दी केसीले १६ हजार ५४५ मत ल्याएका छन्।

सोलुखुम्बुमा अहिलेसम्म एमालेले चुनाव जितेको थिएन्। प्रतिनिधिसभामा एमालेको यो पहिलो जित हो।

सोलुखुम्बुको प्रदेशसभा (१) मा सत्ता गठबन्धनका माओवादी उम्मेदवार गोम्बु शेर्पा विजयी भएका छन्। नेकपा एमालेका निवर्तमान संसद उत्तम बस्नेतलाई पराजित गर्दै शेर्पा विजयी भएका हुन्।

प्रदेशसभा (२) मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन्। माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई पराजित गर्दै राजभण्डारी दोस्रो पटक निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2022-11-24 12:33:00

प्रतिकृया दिनुहोस्