प्रदेशसभामा समानुपातिक मतः प्रदेश–१ मा एमाले पहिलो, कांग्रेस दोस्रो

प्रदेशगत समानुपातिक मत परिणाममा नेकपा एमाले प्रदेश १ मा पहिलो स्थानमा छ। अहिले परिणाम आउने क्रम जारी छ। 

निर्वाचन आयोगको तथ्यांकअनुसार बेलुका ७ बजेसम्मको समानुपातिक मतलाई हेर्दा प्रदेश १ मा नेकपा एमालेले अग्रता बनाएको छ। एमालेले १ लाख ४० हजार ४६४ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख २६ हजार ५५० मत पाएको छ।

समानुपातिकतर्फको तेस्रो स्थानमा नेकपा माओवादी रहेको छ।  माओवादीले ४८ हजार ९६६ मत पाएको छ। चौथो स्थानमा रहेको राप्रपाले ४६ हजार ८५७, पाँचौँ स्थानमा रहेको जसपाले २१ हजार ९४४ र छैटौं स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले १० हजार ३५२ मत पाएको छ। 

सातौं स्थानमा रहेको जनमत पार्टीले ६ हजार ७७१ मत पाएको छ। आठौँ स्थानमा रहेको हाम्रो नेपाल पार्टीले ६ हजार ३२२ मत पाएको छ।

प्रकाशित मिति: : 2022-11-24 19:36:00

प्रतिकृया दिनुहोस्