नुवाकोट-१ मा माओवादीका हितबहादुर तामाङ विजयी 

फाइल तस्बिर
फाइल तस्बिर

नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन्। 

एमालेका बद्री मैनालीलाई हराउँदै उनी निर्वाचित भएका  हुन्। तामाङले २६ हजार ५४८ मत पाए भने मैनालीले २३ हजार ४६३ मत पाएका छन्। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रद्युन्त महत क्षेत्रीले भने ६ हजार ११३ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-25 22:08:00

प्रतिकृया दिनुहोस्