मोरङ २ (१) मा नेकपा माओवादी केन्द्रका गणेश उप्रेती विजयी

मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका गणेश उप्रेती विजयी भएका छन्। 

नेकपा एमालेका दानबहादुर कार्कीलाई ३५५ मतको अन्तरले पराजित गर्दै उप्रेती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

उप्रेती १५०३३ मत ल्याइ विजयी भएका हुन्। पराजित भएका कार्कीले १४६७८ मत ल्याएका छन्।

उप्रेतीले तेस्रो प्रयासमा चुनाव जितेका हुन्। २०७० का भएको संविधानसभाको निर्वाचनमा उनले पहिलो पटक संसदीय चुनावमा भाग लिएका थिए। त्यसबेला उनलाई नेकपा एमालेका ऋषिकेश पोखरेलले पराजित गरेका थिए।

२०७४ मा एमाले माओवादीको बाम गठबन्धनबाट उनी प्रदेशसभा सदस्यमा उम्मेदवार थिए। त्यसबेला पनि उनी पराजित भए। 

२०७४ मा उनी नेपाली कांग्रेसका शिवनारायण गनगाईसँग पराजित भएका थिए।

प्रकाशित मिति: : 2022-11-25 22:28:00

प्रतिकृया दिनुहोस्