आहा–रारा गोल्डकपका लागि कसरी हुन्छ बजेट व्यवस्थापन ?

थाहा खबर

संजय रेग्मी

पर्वत : मोफसलकै ठूलो मानिने आहा–रारा गोल्डकपको २२ औँ संस्करण पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुँदै छ।

धेरै खर्च लाग्ने खेल हरेक वर्ष सहारा क्लबले कसरी आयोजना गरिरहेको होला भन्ने चासो सबैको मनमा हुन सक्छ।

गोल्डकपका लागि आवश्यक पर्ने बजेट मुख्य प्रायोजक र प्रायोजकहरूबाट सङ्कलन गरेर यसअघिका संस्करणहरूमा जस्तै २२ औँ संस्करणका खेल खेलाउन लागिएको छ।

क्लबका अनुसार विगतका दुई दशक आहा र रारा चाउचाउको उत्पादक हिमश्री फूड्स प्रा.लि.ले मुख्य प्रायोजनको भूमिका निर्वाह गर्दै आयो। हिमश्रीले मुख्य प्रायोजन गरेपछि गोल्डकपको नै त्यही हिमश्रीका उत्पादन आहा र रारा चाउचाउको नाममा रहँदै आएको छ।

अघिल्लो वर्ष भएको २० औँ संस्करण समाप्त भइसक्दा मुख्य प्रायोजक हिमश्री फूड्स र सहारा क्लब पोखराबीचको सम्झौता समाप्त भयो।

प्रकाशित मिति: : 2022-11-29 17:20:00

प्रतिकृया दिनुहोस्