समानुपातिक मत: एमालेको अग्रता कायमै, नेकपा एसलाई थ्रेसहोल्ड कटाउनै सकस

जारी मतगणनाअनुसार समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेकाे छ।

बुधबार बिहान ७ बजेसम्म समानुपातिकतर्फ कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा एमालेको अग्रता कायमै राखेकाे छ।

एमालेले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहेकाे छ। भने, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मत प्राप्त गरेकाे छ।

जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ मत र जनमत पार्टी ३ लाख ४६ हजार ९७० प्राप्त गर्दै राष्ट्रिय दल बन्न अग्रसर हुँदा नेकपा एकीकृत समाजवादी २ लाख ८१ हजार ३४८ मत प्राप्त गरेकाे छ। समानुपातिककाे मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एसलाई भने थ्रेसहाेल्ड कटाउनै सकस परेकाे छ। यद्यपि, मतगणना बाँकी रहेका क्षेत्रबाट एसलाई राम्राे मत प्राप्त भएमा थ्रेसहाेल्डकाे ३ प्रतिशत कटाउने सम्भावना कायमै रहेकाे छ।

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए। त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो। 

प्रकाशित मिति: : 2022-11-30 07:39:00

प्रतिकृया दिनुहोस्