प्रतिनिधिसभामा प्रदेश १ बाट यी तीन नेताले २०० भन्दा कम मतले चुनाव हारे

BreaknLinks
BreaknLinks

प्रदेश १ का २८ निर्वाचन क्षेत्रबाट निर्वाचितमध्ये तीन जना १२० मतभन्दा कम मतान्तरले पराजित भएका छन्।

पाचँथरमा नेकपा (एमाले) का वसन्तकुमार नेम्वाङ ४६ मतको झिनो अन्तरले विजयी भए। उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई पराजित गरेका हुन्। नेम्वाङ ३२ हजार १३५ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी आङदेम्वेले ३२ हजार ८९ मत ल्याएका छन्।

२०४८ र २०५६ को निर्वाचनमा उनी पाँचथरबाटै निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा उनले नेपाली कांग्रेसका आङदेम्वेलाई १० हजार बढी मतान्तरले पराजित गरेका थिए। त्यसबेला नेम्वाङले ३८ हजार ६४१ मत ल्याउँदा आङदेम्बे २८ हजार २५ मत ल्याएका थिए। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। उनी हाल नेकपा एमालेका केन्द्रीय सदस्य छन्।

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की पनि कम मतान्तरले विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरेका हुन्।

कार्की ३० हजार ४८३ मत ल्याई विजयी हुँदा कुसियैतले ३० हजार ३७१ मत ल्याएका छन्। २०५१ देखि भोजपुरबाट निर्वाचन लड्न थालेका कार्की २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

२०६३ सालमा उनले जलस्रोतमन्त्री २०६३ तथा २०७४ मा अर्थमन्त्रीको जिम्मेवारी पुरा गरेका छन्। त्यसबेला उनी समानुपातिक संसद थिए। उनी हाल सरकार प्रवत्ता एवं सूचना,सञ्चार तथा प्रविधि मन्त्रीको जिम्मेवारीमा छन्।

यस्तै, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले ११४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका छन्। नेम्वाङ ३० हजार २० मत ल्याई विजयी भएका हुन्। पराजित भएका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका छन्।

२०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य भएका उनी २०५६ को  प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट निर्वाचित भएका थिए। २०६४ र २०७० को संविधानसभा निवाएचनमा पनि उनी इलाम २ बाटै निर्वाचित भए। २०७४ को प्रतिनिधिसभामा अहिलेका प्रतिस्पर्धी खड्कालाई उनले पराजित गरेका थिए।

नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख भएका थिए। २०६४ को व्यवस्थापिका संसदमा सभामुख भएका उनी संविधानसभा अध्यक्ष तथा २०६५ र २०७० सभामुख बने। २०७२ सालमा पनि उनी रुपान्तरित व्यवस्थापिका सभामुख भएका थिए। २०२८ सालदेखि राजनीतिमा क्रियाशील रहेका उनी हाल नेकपा एमालेका उपाध्यक्ष छन्।

प्रकाशित मिति: : 2022-12-02 11:51:00

प्रतिकृया दिनुहोस्