झापामा झुण्डिएको अवस्थामा प्रेमी-प्रेमिका मृत फेला

झापामा एक चिया बगानमा झुण्डिएको अवस्थामा प्रेमीप्रेमिका मृत फेला परेका छन्।

मंगलबार बिहान कचनकवल गाउँपालिका– ४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ।

कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

चिया बगानभित्रको एउटा रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

तीन महिनाअघि भागेर बिहे गरेका उनीहरुलारुई परिवारले अस्विकार गरेपछि आत्महत्या गरेको बताइएको छ। उनीहरुको बिवाहलाई केटा पक्षले स्विकारे पनि केटीका बुबाले राजेशविरुद्ध मुद्धा हालेका थिए।

केटी पक्षले लगातार दबाब दिइरहेका कारण दुवै जना आत्महत्या गर्ने अवस्थामा पुगेको मृतक राजेशका काका रघुनन्दन राजवंशीले बताए।

प्रकाशित मिति: : 2023-01-24 10:31:00

प्रतिकृया दिनुहोस्