वाईसीएल नेपालको डोल्पा संयोजकमा बुढा, खेलकुद महासंघको संयोजकमा बस्नेत निर्वाचित

वाईसीएल नेपालकाे डाेल्पा संयाेजकमा देबीसर बुढा सर्वसम्मत निर्वाचित भएका छन्।

सदरमुकाम दुनैमा आयाेजित वाईसीएलकाे प्रथम जिल्ला भेलाबाट बुढा संयाेजकमा चयन भएका हुन्।

त्यसैगरी प्रदेश क काे इन्चार्जमा युवराज थापा र प्रदेश 'ख' काे इन्चार्जमा रबिन्द्र राेकाय सर्वसम्मत निर्वाचित भएका छन्।

आजै सम्पन्न अखिल नेपाल खेलकुद महासंघकाे संयाेजकमा नरबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरि काेषाध्यक्षमा दृष्टि बुढा र सचिवमा मनिराम बुढा चयन भएका छन्।
 

प्रकाशित मिति: : 2023-03-18 20:22:00

प्रतिकृया दिनुहोस्