नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच सात वटा सम्झौतामा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा दुवै पक्षबाट सात सम्झौतामा हस्ताक्षर भएको हो।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि नेपालका प्रधानमन्त्री दाहाल र भारती प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सम्झौताबारे जानकारी गराएका हुन्।

पेट्रोलियम पाइपलाइन, तल्लो अरुण जलविद्युत् आयोजना, फुकोट कर्णाली, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणलगायतमा सम्झौता भएको हो।

त्यसैगरी नेपाल-भारत पारवहन सम्झौता नवीकरण, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने सहमति भएकाे छ।

प्रकाशित मिति: : 2023-06-01 13:26:00

प्रतिकृया दिनुहोस्