संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा कार्यरत नेपाल वायुसेवा निगमका कर्मचारी गगनबहादुर चन्दलाई कारबाही गरेका छन्। चन्दलाई कारबाहीस्वरुप काठमाडौँबाट सरुवा गरी ताप्लेजुङ विमानस्थल पठाइएको मन्त्री किरातीले जनाकारी दिए।
जेठ १७ गते (बुधबार) काठमाडौँबाट ताप्लेजुङ उडानको लागि नेपाल वायुसेवा निगमको टिकट काटेर बोर्डिङ पाससमेत लिएर विमानको ढोकामा पुगेका वृद्ध ठाकुरसिंह भण्डारीलाई सिस्टममा नाम नभएको भन्दै फर्काइएको थियो। सो घटनालाई लिएर यात्रुले गुनासो गरेपछि चन्दलाई कारबाही गरिएको मन्त्री किरातीले जानकारी थिए।
चन्द विमानस्थलका युनिट इन्चार्ज हुन। उनलाई सो घटनालाई दिएर सोधपुच्छ गरिएको र चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको हो।
पत्रहरु: