भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले उच्च अदालतमा रिट दायर गरेका छन्।
चलचित्रको प्रदर्शन रोक्ने बालेनको निर्णय कानुनविपरीत रहेकाे भन्दै चलचित्र संघले बुधबार अदालतमा रिट दायर गरेकाे हाे।
बालेनले भारतीय चलचित्र आदिपुरुषमा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएकाे भन्दै ४ गतेदेखि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए। उक्त निर्णयविरुद्ध हल सञ्चालकहरु अदालत पुगेका हुन्। साे रिटकाे बिहीबारका लागि पेशी तोकिएको छ।