काठमाडौंबाट लगिएको फोहोर बिचबाटोमा रोकियो

नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापनमा रोक लगाएका छन्।

फोहोर बोकेर ल्याण्डफिल्ड साइट हिडेकाे करिब ५० वटा गाडी स्थानीयकाे विराेधका कारण बीचबाटाेमै राेकिएका हुन्। 

आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमा रोकिएका छन्।

एक वर्षअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति वर्षदिन हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापन गर्न रोक लगाएका हुन्।

प्रकाशित मिति: : 2023-07-17 11:00:00

प्रतिकृया दिनुहोस्