प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नक्कली भारतीय आधार कार्ड बनाएको आरोपमा पक्राउ परेका शेरबहादुर रानामगर ‘टाइगर’लाई अदालतले म्याद थप गरी पाँच दिन थुनामा राख्ने अनुमति दिएको छ।
रुपन्देहीको देवदह नगरपालिका–८ का शेरबहादुर राना मगरलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राख्न अनुमति दिएको हो।
नेपाल प्रहरीको साइबर ब्यूरोले बुटवल प्रहरीको सहयोगमा शेरबहादुरलाई आइतबार साँझ बुटवलबाट पक्राउ गरेको थियो।
रानाले प्रधानमन्त्री प्रचण्डको नाममा विभिन्न भारतीय परिचय पत्रहरु बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्र हत्या गरेका थिए।
त्यस्तै रानामगरले स्वगीय सीता दाहालका बारेमा पनि सामाजिक सञ्जाल फेसबुकमा तथानाम लेख्दै पोष्ट गरेका थिए। उनले टाइगर रानामगरको नाममा फेसबुक आइडी खोलेर प्रधानमन्त्रीविरुद्ध जथाभाबी पोष्ट गर्ने गरेका थिए।