सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते 

File Photo
File Photo

सल्यानमा चितुवाको आक्रमणमा परी चार जना घाइते भएका छन्। छत्रेश्वरी गाउँपालिका–३ स्थित एक कुखुरा फार्ममा पसेको चितुवाले चार जनालाई आक्रमण गरेको हो।

चितुवाको आक्रमणबाट सोही ठाउँका ४० वर्षका राजबहादुर केसी, टेकबहादुर थापा, १६ वर्षका छविलाल केसी र २७ वर्षका भिमसेन थापा घाइते भएका छन्।

घाइते चार जनाको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2023-10-02 15:16:00

प्रतिकृया दिनुहोस्