युरोप भ्रमणमा निस्किए श्रममन्त्री भण्डारी

File Photo
File Photo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी युरोप यात्रामा निस्केका छन्।

सचिव केवलप्रसाद भण्डारीसहित आठ जनाको टोली बोकेर मन्त्री भण्डारी आज बिहान टर्कीको इस्तानबुल हुँदै त्यसतर्फ गएको बताइएको छ।

टोलीमा उनकै पार्टीकी समानुपातिक सांसद निर्जला राउत, सजिन ढुंगाना भण्डारी, उपसचिव डम्बरबहादुर सुनुवार, उपसचिव निर्मला गुरुङ, स्वकीय सचिव कुशकुमार चौधरी र शाखा अधिकृत विजयराज तण्डुकार पनि सोही उडानमा त्यसतर्फ गएका छन्।

मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई लेखेको पत्रमा मन्त्री नेतृत्वको टोली रोमानिया र जर्मनीको वैदेशिक भ्रमण गर्ने कार्यक्रम रहेको उल्लेख छ।

प्रकाशित मिति: : 2023-10-04 11:56:00

प्रतिकृया दिनुहोस्