जुम ब्यूटी एकडेमीको १२ औँ शाखा काैशलटारमा खुल्ने भएको छ।
ग्राहकहरुलाई गुणस्तरीय सेवा दिनका लागि काैशलटारमा शनिबाार नयाँ शाखा खुल्न लागेको जुमले जनाएको छ। त्योसँगै सौन्दर्य शिक्षामा इच्छुक रहनेहरुले सोही शाखामा भर्ना गर्नसक्ने एकेडेमीले जनाएको छ।
मेकअपदेखि हेयर स्टाइलिङ, स्किनकेयर र नेल आर्टसम्म गुणस्तरीय तालिम जुमले दिदैँआइरहेकाे छ। जुममा तालिम सिक्न इच्छुक विद्यर्थीलगायत ग्राहकहरूले एकेडेमीकाे जुनसुकै शाखाहरूमा सम्पर्क गर्न सकिनेछ।