बंगलादेश भ्रमणमा रहेको डा.आरजु राणा नेतृत्वको टाेलीमा रहेकी सांसद विनिता कठायतले त्यहाँका कृषिमन्त्री मोहम्मद अब्दुर रज्जाकलाई नेपालको मार्सी चामल उपहार दिएकी छन्।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा नेतृत्वको संसदीय समितिकी सदस्य कठायतले बंगलादेशीकी कृषि मन्त्रीसँगको भेटमा जुम्ली मार्सी चामल उपहार दिएकी हुन्।
कृषि समितिका साथै राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सदस्य सम्मिलित टोलीले मन्त्री रज्जाकसँग भेटवार्ता गरेको र त्यसक्रममा जुम्लामा उत्पादन भएको मार्सी चामल उपहार दिएको सांसद विनिता कठायतले बताइन्।
गत सोमबार ९ जना सांसद र संसद सचिवालयका तीन कर्मचारीसहितको टोली बंगलादेश भ्रमणमा गएको थियो। मन्त्री रज्जाकलाई उपहार दिइएको मार्सी चामल जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद कठायतले ल्याएकी थिइन्।
बंगलादेशको धान उत्पादन तथा अन्य कृषि क्षेत्रको अवस्था अवलोकनका लागि राणा नेतृत्वको टोली बंगलादेश गएको हो।