प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पबाट प्रभावित क्षेत्रकाे अनुगमन गर्न बझाङ प्रस्थान गरेका छन्। प्रधानमन्त्री प्रचण्ड स्थलगत अनुगमनकाे लागि सुर्खेत हुँदै बझाङ प्रस्थान गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
गत मङ्गलबार अपराह्न २ : ४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। दोस्रो पटक ३ : ०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टर स्केल, ३ : १३ बजे चैनपुर केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केल, ३ : ४५ बजे सुरुमा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो।
उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। यस्तै सयौँ घरमा क्षति पुगेको थियो।