सुदूरपश्चिम र कर्णालीबाट बाहिरियाे मनसुन, पूर्वी क्षेत्रमा आज पनि वर्षाकाे सम्भावना

नेपालको पूर्वी तथा मध्य भू-भागमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। कोशी, मधेश, बागमती र  लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2023-10-07 06:40:00

प्रतिकृया दिनुहोस्