प्रभु साहको पार्टीद्वारा भन्सार विभाग घेराउ 

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभाग घेराउ गरेको छ। सोमबार आजपाका नेता कार्यक्रताले विभागमा घेराउ गरेका हुन्। 

आजपाले देशमा सरकारी वेतनभोगी (लतवबाहेक पाउने सुविधा) कर्मचारीहरुमार्फत राजश्वमा ४५ प्रतिशतको लुट हुने गरेको आरोप लगाउँछ। सोही वेतनभोगी व्यवस्थाको खारेजीको माग गर्दै आजपाले भन्सार विभाग घेराउ गरेको हो। 

यसअघि आजपाले गत भदौ ३१ गते ललितपुरको कुपण्डोलबाट विरोध र्याली निकालेर भन्सार विभागमा पुगी ज्ञापनपत्र बुझाएको थियो। आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने आजपा प्रवक्ता चन्द्रभुषण साहले बता।

प्रकाशित मिति: : 2023-10-09 22:05:00

प्रतिकृया दिनुहोस्