इजरायली सेनाको आक्रमणबाट तीन प्यालेस्टाइनी पत्रकारको मृत्यु

इजरायल र लडाकू समूह हमासबीच जारी युद्धलाई कभरेज गर्ने क्रममा इजरायली सेनाको आक्रमणमा परी प्यालेस्टाइनी पत्रकारहरूले ज्यान गुमाएका छन्।

गाजा सहरको माछा मार्ने बन्दरगाह नजिकै रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा परी तीनजना प्यालेस्टाइनी पत्रकारहरूको अधिकारीहरूले जनाएका छन्।

प्यालेस्टाइनी पत्रकार सइद अल–तावील, मोहम्मद सोब्बोह र हिशाम नवाझाहकाे इजरायली बमबारीबाट मृत्यु भएकाे प्यालेस्टाइनी लडाकू समूह हमास–सरकारको सञ्चार कार्यालयका प्रमुख सलामेह मारुफले जनाएका छन्।

प्रकाशित मिति: : 2023-10-10 14:30:00

प्रतिकृया दिनुहोस्