इजरायलबाट नेपालीलाई फर्काउन पहल भइरहेको छ: सभापति देउवा

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले इजरायलमा रहेका नेपालीहरूलाई नेपाल फर्काउन पहल भइरहेको बताएका छन्।

मंगलबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकबाट बाहिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

इजरायलमा रहेका नेपालीहरूलाई कहिले नेपाल फर्काइन्छ भन्ने पत्रकारहरूकाे प्रश्नमा देउवाले भने, ‘यसमा हामी सकारात्मक छौँ, फर्काउने कुरा भइरहेको छ।’

शनिबार आतङ्कवादी समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियाे भने र एक जनाको अवस्था अझै सम्पर्कविही छन्।

प्रकाशित मिति: : 2023-10-10 15:52:00

प्रतिकृया दिनुहोस्