चेतन मानन्धरको हत्यामा संलग्न ‘रिगल’ भनिने योगराज ढकालकाे आममाफीविरुद्ध परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।
रिगलविरुद्ध परेको रिट सुनुवाइका लागि बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको छ।
रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध चेतनकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।