भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको पिथौरागढस्थित ‘कैलाश भ्यू प्वाइन्ट’बाट कैलाश पर्वतको दर्शन गरेका छन्।
कैलाश भ्यू पोइन्ट पिथौरागढकाे जोलिङकङ क्षेत्रमा छ, जहाँबाट कैलाश पर्वत था मानसरोवर प्रष्टै देखिन्छ।
मानसरोवरकाे दर्शनअघि बिहीबार बिहान प्रधानमन्त्री माेदीले पार्वती कुण्डमा पूजाअर्चना गरेका छन्।
भारतीय मिडिया स्राेतकाअनुसार भारत–चीन सीमाक्षेत्रकाे भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन्, नरेन्द्र मोदी।
भारतले अतिक्रमण गरेकाे नेपाली भूमि कालापानी क्षेत्र कुल्चिँदै उनी मानसरोवरकाे तीर्थयात्रामा निस्किएका हुन्।