काठमाडाैँकाे गाेकर्णेश्वरस्थित जगडाेलमा गाेली चलेकाे छ।
लुटेरा समूहलाई नियन्त्रणमा लिनकाे लागि काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यायलयबाट खटिएकाे प्रहरी टाेलीले गाेली चलाएकाे हाे।
त्यसक्रममा एक जना लुटेराकाे खुट्टामा गाेली लागेकाे काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी शाेमेन्द्र राठाेरले जानकारी दिए।
एसएसपी राठाेरका अनुसार प्रहरीले तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएकाे छ। भने, साथबाट एक थान पेस्ताेल र केही थान गाेली बरामद गरेकाे छ।
गाेली लागेर घाइते हुनेमा सिन्धुली कमलामाई नगरपालिका– २ घर भएका ३६ वर्षीय अमर घलान रहेका छन्।