माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

File Photo
File Photo

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको छ।

बिहीबार बालुवाटारमा बसेको गठबन्धनकाे बैठकले माओवादीका आङ्बोलाई मुख्यमन्त्रीको रुपमा आघि सार्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएकाे र सम्भव भए आजै नै दाबी पेस गर्ने निर्णय भएकाे छ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रदेश सरकार गठन गर्नका लागि असोज २६ गते अपराह्न ५ः०० बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए। 

प्रकाशित मिति: : 2023-10-12 15:20:00

प्रतिकृया दिनुहोस्