घट्यो पेट्रोलियम पदार्थको मूल्य

BreaknLinks
BreaknLinks

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको अधिकारीहरूले जनाएका छन्।

भारतीय आयल कर्पोरेसनबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ। र, डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ।

नेपाल आयल निगमकाे सूचना—

प्रकाशित मिति: : 2023-10-15 19:35:00

प्रतिकृया दिनुहोस्