पर्वतको बिहादीमा मृत अवस्थामा चितुवा फेला

file photo
file photo

पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा मृत अवस्थामा चितुवा भेटिएको छ।

आइतबार साँझ बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो। स्थानीयले खबर गरेलगत्तै डिभिजन वन कार्यालय पर्वतका कर्मचारी र बाच्छा प्रहरी चौकीको टोली उक्त स्थानमा पुगेको थियो। मृत चितुवालाई कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा बाच्छा प्रहरी चौकीको परिसरमा गाडिएको छ।

डिभिजन वन कार्यालय पर्वतका प्रमुख नवराज बरालका अनुसार झण्डै दुई वर्षजति उमेरको देखिने चितुवा के कारणले म-यो भन्ने पुष्टि हुनसकेको छैन। चितुवाको शरीरमा कुनै घाउ चोट भने नदेखिएको बरालले बताए। चितुवा केही दिन अघिनै मरिसकेको र बताउँदै सड्न थालेर गन्धसमेत आउन थालेको बताए।

गत आर्थिक वर्षमा पर्वतमा नौ वटा चितुवा मृत फेला परेका थिए भने दुई वटाको जीवितै उद्धार गरिएको थियो। चालु आवमा गत भदौ १४ गते मोदी गाउँपालिका–७ राम्दादेउरालीमा चितुवा मृत भेटिएको थियो।

प्रकाशित मिति: : 2023-10-16 16:58:00

प्रतिकृया दिनुहोस्