पोखराबाट लागूऔषधसहित चार जना पक्राउ

पोखराबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

बसमार्फत लागूऔषध एमफेटामाइन (आइस) ३७.५० ग्राम पैठारी हुन लागिरहेको अवस्थामा बसका चालक र सहचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

उनका अनुसार असोज २९ गते सोमबार पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित सवारी साधान जाँच गर्दा पोखराबाट भैरहवा छुट्न लागेको प्रदेश नं. १-०१००१ ख ३४३९ नम्बरको बसको ड्राइभर बस्ने सिटको अगाडि झोलामा लुकाएर राखेको अवस्थामा लागूऔषध बरामद गरिएको थियो।

पक्राउ पर्नेमा बसका चालक गोरखाका ३५ वर्षीय हिराबहादुर नेपाली, सह–चालकहरु स्याङ्जाका ३८ वर्षीय विशाल कार्की, स्याङ्जाकै ४५ वर्षीय टीकाराम पौडेल र म्याग्दी ३७ वर्षीय दीपक परियार रहेका छन्।

जिल्ला अदालत कास्कीबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2023-10-18 21:13:00

प्रतिकृया दिनुहोस्