नेपाली काँग्रेसका सांसद तथा विवादास्पंद व्यापारी विनोद चौधरीको सिजी ग्रुपका मजदूरहरू आन्दोलित भएका छन्।
दसैंको मुखमा बोनस रकम नदिएपछि उनीहरूले नाराबाजी गरेका हुन्। मजदूरको माग सम्बोधन गर्नुको सट्टा चौधरीले प्रहरी प्रशासनको दुरुपयोग गरेर लाठी चार्ज गराएका छन्।
नवलपुरको देवचुलीमा रहेको सिजी ग्रुपका मजदुरहरू आन्दोलित भएका हुन्। सिजी ब्रुअरीका कर्मचारीहरूले दशैंको मुखमा दिनुपर्ने बोनस रकम नदिएकाले आन्दोलन गर्नुपरेको बताएका छन्।
उनीहरूले चौधरी ग्रुपले गत आर्थिक वर्षमा कारखाना ११ करोड घाटामा गएको कागज देखाउँदै आफ्नो बोनस रोकेको बताएका छन्। सिजी ग्रुपले मजदुरलाई आन्दोलन गरे कामबाट निकाल्ने चेतावनी दिएकाे छ।