पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीपदुर्घटना भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। जीप खोलामा खसेकाले प्रहरीले उद्धार कार्य गरिरहेको छ।