मलेसियामा जारी एसिसी यु-१९ प्रिमियर कपको उपाधिको लागि नेपाल र युएइबीच प्रतिस्पर्धा हुने भएको छ।
फाइनल खेल मलेसियाको क्लालाम्पुरस्थित बायुमास ओवलमा मंगलबार बिहान नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ। शनिबार भएको खेलमा नेपालले जापानलाई पराजित गरेपछि फाइनलमा स्थान बनाएको थियो। सोही दिन भएको अर्का खेलमा यूएईले सिंगापुरलाई हराउँदै फाइनल प्रवेश गरेको हो।
नेपालले समूह चरणमा साउदी अरब, बहराईन र इरानलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।