गाजामा इजरेली हमला तीव्रः 'युद्धविराम' गर्न राष्ट्रसंघकाे आह्वान

बिएल संवाददाता

सयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय महासभाले शुक्रबार गाजामा ‘मानवीय युद्धविराम’का लागि आह्वान गर्दै इजरायल र गाजाका हमास शासकबीचको शत्रुताको अन्त्यको लागि गैर–बाध्यकारी प्रस्तावलाई पारित गरेको छ। यो हमास आक्रमणपछि इजरायल र प्यालेष्टिनी क्षेत्रमा चर्किएको हिंसात्मक गतिविधिका लागि सयुक्त राष्ट्रसंघको पहिलो प्रतिक्रिया हो।  

विश्व समुदायको छाता संगठनको रूपमा रहेको १९३ सदस्यीय यस निकायले अमेरिकाले समर्थन गरेको क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ देशको अनुपस्थितिमा १२० का विरूद्ध १४ मत फरकले प्रस्ताव पारित गरेको छ।

सयुक्त राष्ट्रसंघका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले महासभालाई विभाजित संयुक्त राष्ट्रसंघभन्दा अधिक साहासी र सैद्धान्तिक बन्नुपर्नेमा जोड दिइन्।

विगत दुई सातामा चार पटक सहमतिका लागि गरिएको प्रयासमध्ये दुई भिटो शक्तिका कारण र अन्य दुई सहमतिको पक्षमा कम्तीमा नौ मत नपुग्दा विफल भएका छन्। 

इजराइलको संयुक्त राष्ट्रसंघीय राजदूत गिलाड एर्डनले मतदानपछि भने, “हमासको आतङ्ककारी क्षमता नष्ट नभएसम्म र हाम्रा बन्धकहरूलाई फिर्ता नगरेसम्म इजरायलले कारवाही बन्द गर्ने छैन।” उनका अनुसार हमासलाई नष्ट गर्ने एउटै मात्र उपाय उनीहरूको सुरुङ र आतङ्कवादी सोचलाई जरैबाट हटाउनु हो।

संयुक्त राज्य अमेरिकाद्वारा समर्थित क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ सदस्यको अनुपस्थितिसहित १९३ सदस्यीय वैश्विक निकायले १२० को विरूद्ध १४ मतले प्रस्ताव पारित गरेको थियो। उसले अक्टोबर ७ मा हमासले गरेको ’आतंकवादी हमला’को स्पष्ट निन्दा गर्नुका साथै हमासले कब्जामा लिएका बन्धकहरूलाई तत्काल रिहा गर्न माग गरेको थियो, जसको उल्लेख अरबले तयार पारेको प्रस्तावमा गरिएको छैन।

संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत लाना नुसिबेह, सुरक्षा परिषद्का अरब प्रतिनिधिले पनि परिणामप्रति खुशी व्यक्त गरेका छन्।

“यस प्रकारको भूराजनीतिक वातावरणमा १२० मत अन्तर्राष्ट्रिय कानून, बलप्रयोगको समानुपातिक प्रयोगको समर्थनको उच्च सङ्केत हो र यो अहिले धरातलमा भइरहेको यथास्थितिलाई अस्वीकार गर्नु हो,” उनले भने।

प्रस्तावको विपक्षमा मतदान गर्ने १४ मुलुकहरूमा इजरायल र यसको निकटतम सहयोगी संयुक्त राज्य अमेरिका, पाँच प्रशान्त टापु राष्ट्रहरू र चार युरोपेली देशहरू अस्ट्रिया, क्रोएशिया, चेकिया र हंगेरी रहेका छन्। इयूका आठ सदस्य राष्ट्रले पक्षमा मतदान गरेका थिए।

संयुक्त राष्ट्रसंघका लागि फ्रान्सका राजदूत निकोलस डे रिभिएरेले आफ्नो देशले यो प्रस्तावलाई समर्थन गरेको र ‘कुनै पनि कुराले नागरिकको पीडालाई न्यायोचित ठहराउन नसक्ने’ बताएका छन्।

मन्सुरले भने, ’युरोपेली मतले सुरक्षा परिषद्को प्रस्ताव पारित गर्न वा यो युद्ध रोक्न इजरायलमा अधिकतम दबाब सिर्जना गर्न ‘धेरै सहयोगी’ हुन सक्ने सङ्केत गरेको छ। 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हमासको आक्रमणबाट करिब एक हजार ४०० इजरायलीको मृत्यु भएको छ भने इजरायलको जवाफी हवाई आक्रमणमा सात हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। गाजामा बढ्दो मृत्यु र विनाशले गाजाका २३ लाख मानिसहरूलाई अति आवश्यक खाद्यान्न, पानी, औषधि र ईन्धन उपलब्ध गराउन ‘मानवीय युद्धविराम’ को लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको छ।

प्रकाशित मिति: : 2023-10-28 19:43:00

प्रतिकृया दिनुहोस्